कुष्ठरोग र हाम्रो समाज: एक जटिल समस्या

                                                                              कुष्ठरोगको जटिलता र हाम्रो समाज

 

शिवमन्दिरका ती अनगिन्ती खुड्किलाहरु अनि हजारौंका भिडमा पनि हराउन नसकेका केही व्यक्तिहरुमा मेरा आँखा एकाएक अडिन्छन्। पेशाले म चिकित्सक, त्यसैले  पनि होला, मानिसका शरीरका स्वास्थ्य अगंहरुमा भन्दा अस्वस्थ अगंहरुमा आँखाहरु रोकिन पुग्छन  । लस्करैबसेका महुारहरुमा धेरैअसमानता भएतापनि उनीहरूमा केही कुराको समानता भनेपक्कै थियो। केहिका हातका औंला हरु साना,झरेका जस्ता थिए भने केहीका खुट्टाका औंलाहरु झरेका जस्ता थिए । कसैका  हातका औंलाहरु सबै झरीसकेका थिए भने कसैका  खुट्टाका  औंलाहरु बाँकी थिएनन्। कसैका नाक भिन्न थिए भने कसैका आँखीभौ  बाँकी नै थिएनन्। उहाँहरु मध्येकतिले कालो चस्मा, काठको लट्ठी र एउटा थाल आफैसँग राखेका थिए । यी दृश्यहरू थुप्रै धार्मिक तीर्थस्थलहरुमा देख्न सकिन्छ । यस्ता जटिलताहरु  थुप्रै रोगले निम्त्याउन सक्ने भएपनि मलाई भने मुख्यत: कुष्ठरोगका जटिलता तर्फ सोच्न बाध्य बनाउँछन्।

 

विश्वका विभिन्न देशहरुमा कुष्ठरोग उन्मुलन  भइसकेका छन् भने  ब्राजिल,भारत र इन्डोनेसिया  जस्ता एसियाली एवं अफ्रिकी देशहरूमा कुष्ठरोगका बिरामीहरू  मुख्यत: भेटिन्छन्।विश्वमा बर्षनी  लगभग दईु लाख व्यक्तिहरुमा कुष्ठरोग देखिने कुरा विभिन्न तथ्यांकहरुले पृष्टि गर्दछ।कुष्ठरोगका विरामीहरु भेटिने एसियाली मुलुक मध्ये नेपालमा पनि बर्षमा  लगभग तीन हजार नयाँ विरामीहरु फेला पर्ने आङ्कलन छ ।यद्यपि कोरोना सङ्क्रमणका कारण गत तीन वर्षहरुमा यो सख्ंया भन्दा थोरै विरामीहरु देखिएता पनि आउने वर्षहरुमा कुष्ठरोगका विरामीहरु नबढ्लान् भन्न  सकिने स्थिति छैन।

 

कुष्ठरोग एक सक्रंमक रोग हो। कुष्ठरोग Mycobacterium leprae भन्ने किटाणु (ब्याक्टेरिया) को सक्रंमणले हुने गर्दछ। यो ब्याक्टेरिया एक सक्रंमित व्यक्ति बाट अर्को व्यक्ति मा नाक र मखु बाट निस्किने पदार्थहरु (खोक्दा, थुक्दा , हाछिउ गर्दा )बाट सर्ने गर्दछ। सक्रंमण हुन लामो समय सम्म सक्रंमित व्यक्ति सँग नजिक रहेको हुनुपर्दछ र त्यस्ता व्यक्तिहरूमा ब्याक्टेरियाको मात्रा धेरैभएको खण्डमा छालामा देखिएका लाटो फुस्रो दागबाट पनि अन्य व्यक्तिमा सर्न सक्ने सम्भावना हुन्छ। कुष्ठरोगले मुख्यत:  छाला,नसा, माथिल्लो श्वास नली र आँखामा असर गर्दछ।

 

छालामा फुस्रो लाटो दाग वा रातो दाग/धब्बा देखिनु  छाला लाटो हुनु  शरीरका विभिन्न भागमा डल्लो गिर्खा आउनु आँखीभौ हराउनु शरीर हातगोडाहरु लाटो र कमजोर हुनु नसा दुख्नु झमझम गर्नु वा मोटो नाक बन्द हुनु वा नाकबाट रगत आउनु आँखाको हेर्ने शक्ति मा कमी आउनुजस्ता विभिन्न लक्षणहरू कुष्ठरोगका हुन सक्छन।्यस्ता लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य चौकीमा गएर उपचार गर्नु पर्दछ। चिकित्सकले बिरामीको छाला,नसा,मासु ,आँखा एवं सम्पूर्ण शरीर जाँच गरी Mycobacterium leprae किटाणु भएको  पृष्टि भएमा औषधि -उपचार सुरु गरेमा यो रोग निको हुनेगर्दछ। धेरै जस्तो परिवारमानै यो रोग देखिने भएकाले अन्य परिवारजनमा यी लक्षणहरु भए-नभएको आवश्यक जाँचका लागि चिकित्सकले सल्लाह दिने गर्दछन।् उपचार सरुु भएको केही समयमा नै कुष्ठरोग सक्रंमित व्यक्तिले अरूलाई कुष्ठरोग सार्न सक्दैनन्  उपचारमा ढिलाई गरिएमा यसले थुप्रै जटिलताहरु निम्त्याउने गर्दछ। हातका गोडा छाला लाटो भई घाउ चोटपटक लागेर हातगोडा डुडो हुने,नसाको जटिलताका कारण हात-गोडाका मासुहरु सुक्दै  जाने र अति कमजोर हुने,नसाको दुखाई , आँखामा समस्या भई आँखा को शक्ति मा ह्रास आउने,शरीरमा विभिन्न भागहरुमा डल्लाहरु आएर ज्वरो आइ सिकिस्त बनाउने जस्ता अनेकौं जटिलताहरु सामना गर्नु पर्ने  हुनसक्छ।

 

 नेपालमा कुष्ठरोगको जनचेतना धेरै नै न्युन  रहेको विभिन्न अध्ययनहरुले देखाएका छन।यद्यापी  कुष्ठरोगको बारेमा जानकारी भएका व्यक्तिहरु पनि उपचारमा ढिलाइ गर्ने गरेको पाइन्छ। अघिल्लो जन्ममा थुप्रै पापहरु गरेका कारणले गर्दा यो जन्ममा सजाय स्वरुप कुष्ठरोग लाग्नेगर्दछ भन्ने विभिन्न धार्मिक  ग्रन्थहरुमा उल्लेख गरिएको कारणले गर्दा अझैपनि नेपाली मानसिकतामा कुष्ठरोग एक सक्रंमण रोग नभैकन पछिल्लो जन्मको पापको रुपमा चित्रित छ । अझैपनि नेपालका थुप्रै  जिल्लामा कुष्ठरोगीहरुले आफ्नै घर परिवारबाट पनि हेला र तिरस्कार सहनु पर्ने बाध्यता, समाजले हेर्ने दृष्टिकोणमा क्षुद्रता एवं उपचारका क्रममा छालामा देखिने परिवर्तनले गर्दा हजारौ व्यक्तिहरु उपचार बाट टाढा हुनेगर्दछन।् उपचार समयमा नभएको खण्डमा देखिने जटिलताका कारण र घर परिवार समाजमा स्थान नपाइएका कारण हजारौ व्यक्तिहरु विचलित भएका छन् । जिविकोपार्जनर्ज को लागि उचित सीप र तालिम नभएका एवं राज्यले दिनेसेवा सुविधाको बारेमा थाहा नभएकाले धेरै व्यक्तिहरु भौतारिएका छन्।

 

 सायद यो मन्दिरको खुड्किलाहरु मा एक जनामा पनि कुष्ठरोग नभएको हुन सक्छ । सायद केही व्यक्तिहरुमा कुष्ठरोग कै जटिलताले यस्तो भएको पनि हुनसक्छ। कहि कतै जनचेतनाको अभाव,रोगको प्रकृति , समाजको सोच, राज्यको कमजोरी वा हाम्रो हेर्ने दृष्टिकोण-मैले छोटा ती औलाहरु,नभरिएका घाउहरु, कमजोर आँखाहरू, लुला हात खुट्टाहरू,असह्य पिडाहरु र लाचार जिन्दगीमा देख्ने गर्दछु।

 

अन्तत: कुष्ठरोग एउटा रोग हो, यो पुर्व जन्मको पाप होइन ।

 

Dr. Yagya Prasad Timalsina